स्था. - २०५२

नेपाल लेखापढी कानून व्यबसायी एसोसिएसन

केन्द्रीय कार्यालय, डिल्लीबजार काठमाडौँ
स्था. - २०५२

नेपाल लेखापढी कानून व्यबसायी एसोसिएसन

केन्द्रीय कार्यालय, डिल्लीबजार काठमाडौँ

हाम्रो बारेमा

नेपाल लेखापढी व्यवसायी समितिको स्थापना नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० को दफा २७ र २८  तथा लेखापढी व्यवसायी सम्वन्धी नियमावली, २०५१ वमोजिम २०५२ असोज २७ र २८ मा चितवन जिल्ला लेखापढी व्यवसायी संघको संयोजनमा चितवनमा २०५२ असोज २७ र २८ गते सम्पन्न राष्ट्रिय भेलाको निर्णय अनुसार २०५२ फाल्गुन २४, २५ र २६ गते चितवनमा नै प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न गरी नेपाल अधिराज्यभरका अड्डा अदालतमा लेखापढी गर्ने व्यवसायीहरुको हक, हित, अधिकार, इज्जत, मर्यादा र स्वतन्त्रताको रक्षा गर्दै लेखापढी गर्ने पेशालाई एक मर्यादित पेशाको रुपमा उभ्याउन सम्पूर्ण लेखापढी व्यवसायीहरुलाई संगठित गर्ते उद्धेश्यले नेपाल अधिराज्यको संविधान, २०४७ र प्रचलित कानूनले दिएको अधिकार प्रयोग गरी प्रथम राष्ट्रिय महाधिवेशनद्धारा पारित “नेपाल लेखापढी व्यवसायी समितिको विधान, २०५२” वमोजिम गरिएको थियो ।
पेशा व्यवसाय गर्न पाउने संवैधानिक हकको उपभोग गर्दै शुरुवातमा संस्था दर्ता ऐन, २०३४ बमोजिम नेपाल लेखापढी व्यवसायी समिति नामक संस्था दर्ता गरी संगठित भई आएकोमा २०६२ फाल्गुन २५–२७ मा पोखरा, कास्कीमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनले नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन नामक संस्था राष्ट्रिय निर्देशन ऐन, २०१८ अन्तर्गत दर्ता गर्ने र दर्ता पछि अघिल्लो संस्थाको नामबाट भए गरेका काम कारवाहीहरु यसै विधान वमोजिम स्वतः जिम्मेवारी सर्ने गरी पुरानो दर्ता खारेज गर्ने निर्णय भएनुसार समाजमा अपरिहार्य हुँदै आएको लेखापढी व्यवसायलाई मर्यादित, जिम्मेवार र सेवामुलक व्यवसायको रुपमा विकास गर्दै लैजाने उद्धेश्यले, लेखापढी व्यवसायीहरुको बृहतर हित अभिबृद्धि गरी  राष्ट्र निर्माणमा लगाउन राष्ट्रिय निर्देशन ऐन, २०१८ को अधीनमा रही “नेपाल लेखापढी कानून व्यवसायी एसोसिएन” को विधान तर्जूमा गरिएको ।  यसरी तर्जुमा गरिएको विधान बमोजिम नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन, अंग्रेजीमा (PROFESSIONAL LEAGAL LEKHAPADHI ASSOCIATION OF NEPAL) जिल्ला प्रशासन कार्यालय, काठमाण्डौमा दर्ता रही समितिको विधान २०६३ वमोजिम यस संस्थाको केन्द्रीय कार्यालय बागमती अञ्चल काठमाण्डौ जिल्ला का.म.न.वडा नं ३०, डिल्लीवजारमा रहेको छ र संस्थाको कार्यक्षेत्र नेपाल राज्यभर रहेको छ ।  यो संस्था एक अविछिन्न उत्तराधिकारीवाला, संगठित स्वसाशित गैरराजनीतिक, गैरनाफामुलक तथा गैरसरकारी पेशागत संस्था हो ।  यस एसोसिएसनको विधान, २०६३ वमोजिम घोषित उद्धेश्यहरु निम्न प्रकार छन् । 

परिच्छेद –२

उद्देश्य

४.  स‌स्थाकाे उद्देश्य

(क)  लेखापढी गर्ने  व्यवसायिकहरु बीच एकता, सद्भभाव, भातृत्व, सदाचार, शिष्टाचारकाे अभिबृद्धि गरी यस व्यवसायलाई मर्यादित बनाउने । 

(ख)  यस व्यवसायमा स‌लग्न व्यक्ति तथा सदस्यहरुकाे व्यवसायिक हक हितकाे स‌रक्षण र सम्बर्द्धन गर्न समयानुकुल सक्षम, सबल एव‌ आदर्शवान बनाई लाेकहिततर्फ उन्मूख गराउने । 

(ग)  नेपाल लेखापढी कानून व्यवसायी एसाेसिएसनकाे मातहतमा रहेका सबै विभिन्न समितिहरु ..........s  बीच  समन्वय र एकरुपता ल्याई तिनीहरुकाे गतिविधिहरुमा सह–सम्बन्ध कायम गर्ने । 

(घ)  पराेपकारी सेवामूलक कार्यक्रम सञ्चालन गरी आर्थिक अवस्था कमजाेर भएका सेवाग्राही जन समुदायलाई  नि:शुल्क सेवा प्रदान गर्ने  ।

(ङ)  अड्डा अदालत र जनसमुदायका बीच सु सम्बन्ध कायम गरी गराई सर्वसाधारण जनतालाई छिटाेछरिताे काम गरी गराई सहयाेग गर्ने । 

(च)  यस व्यवसायमा स‌लग्न सदस्यहरुकाे दक्षता र शीप अभिबृद्धि गर्न तालिम, प्रशिक्षण, गाेष्ठि,  सेमिनारकाे व्यवस्था गर्ने,  तत्सम्बन्धी आवश्यक प्रकाशन गर्ने । 

(छ)  राष्ट्रिय सराेकारका महत्वपूर्ण जनहित एव‌ लाेककल्याणाकारी कार्यहरु गर्न सम्बन्धित निकायलाई सहयाेग गर्ने । 

(ज)  स‌स्थाकाे बार्षिक प्रतिवेदन पेश गर्ने र नवीकरण ऐन वमाेजिम हुनेछ । 

 

 

 

 

© 2026 All right reserved to pllan.org.np  | Site By : SobizTrend